ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

‘आमाका पाइला’ लोकार्पण

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल र भगवती अधिकारी सेढाईंद्वारा सम्पादित एवं प्रकाशित ‘आमाका पाइला’ कृतिको एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कृति समालोचना साहित्यकार कुलप्रसाद पराजुलीले गर्नुभएको थियो ।

अक्सिजन कवि बालकृष्ण अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीको जीवन सङ्घर्षमा आधारित रहेर तयार पारिएको कृतिमा २६ वटा लेखरचना रहेका छन् । लेखिका अधिकारीको जीवनमा आइपरेका सुखद–दुःख, सङ्घर्ष, समाजमा उहाँले पु¥याउनुभएको योगदान र मार्गदर्शन समेटिएका कृतिले भावी सन्तनीलाई महत्वपूर्ण प्रेरणा मिल्ने कार्यक्रममा उपस्थित वक्ताको भनाइ थियो ।

कार्यक्रममा छ जना ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई ‘बुवा सम्मान’ प्रदान गरिएको थियो । साथै कृतिमा रचना भर्ने स्रष्टालाई पनि सम्मान गरिएको थियो । पूर्वमन्त्री टङ्क ढकाल, प्राध्यापक डा. विनोद लुइटेल, पत्रकार शिवकुमार भट्टराईलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

  himalayanvoice.com | ८ भाद्र २०८२, आईतवार २२:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online