ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

‘आमाका पाइला’ लोकार्पण

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल र भगवती अधिकारी सेढाईंद्वारा सम्पादित एवं प्रकाशित ‘आमाका पाइला’ कृतिको एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कृति समालोचना साहित्यकार कुलप्रसाद पराजुलीले गर्नुभएको थियो ।

अक्सिजन कवि बालकृष्ण अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीको जीवन सङ्घर्षमा आधारित रहेर तयार पारिएको कृतिमा २६ वटा लेखरचना रहेका छन् । लेखिका अधिकारीको जीवनमा आइपरेका सुखद–दुःख, सङ्घर्ष, समाजमा उहाँले पु¥याउनुभएको योगदान र मार्गदर्शन समेटिएका कृतिले भावी सन्तनीलाई महत्वपूर्ण प्रेरणा मिल्ने कार्यक्रममा उपस्थित वक्ताको भनाइ थियो ।

कार्यक्रममा छ जना ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई ‘बुवा सम्मान’ प्रदान गरिएको थियो । साथै कृतिमा रचना भर्ने स्रष्टालाई पनि सम्मान गरिएको थियो । पूर्वमन्त्री टङ्क ढकाल, प्राध्यापक डा. विनोद लुइटेल, पत्रकार शिवकुमार भट्टराईलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

  himalayanvoice.com | ८ भाद्र २०८२, आईतवार २२:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online