ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

रानी खर्कका उच्च पाटनमा भेडी गोठ सरे अझै एक महिनासम्म रानी खर्कमा भेडा पालनका लागि राखिनेछ । भेडी गोठ सरेपछि रानी खर्कको पाटनमा निक्कै चहल पहल समेत भएको छ ।

राजन रावत, हुम्ला  । यतिबेला जिल्लाका उच्च पाटन क्षेत्रमा भेडीगोठ सारिएका छन् । मध्य बर्खा भएसँगै होचा स्थानबाट चार हजार पाँच सयदेखि पाँच हजार मिटर उचाइका क्षेत्रमा भेडीगोठ सारिएका हुन् ।

हुम्ला बाजुरा र बझाङ जिल्लाको संगमस्थल रानी खर्कका पाटनमा भेडी गोठ सारिएको कारण पाटन नै सेताम्मे देखिने गरेका नाम्खा गाउँपालिका– ३ का पासाङ लामाले बताउनुभयो ।

हुम्ला जिल्लाका मात्र पाँच हजार भेडाहरु पालनका लागि रानी खर्कमा सारिएको उहाँले बताउनुभयो । प्रसस्त मात्रामा बुकी उत्पादन हुने रानी खर्क हिजोआज भेडाका बथानले सेताम्मे देखिने गरेका छन् । बुकी पलाउन थालेपछि भेडी गोठ पनि उच्च क्षेत्रमा सारिएको हो ।

भेडा पालनका लागि हेरालुहरुले पाल टाँगेर बस्ने गरेको बताउँदै बाजुराबाट पनि भेडा पालनका लागि ल्याइएको उहाँले बताउनुभयो । यसपाली बाजुरा जिल्लाका पशुपालक किसानले पनि दुई हजारभन्दा बढी भेडा पालनका लागि रानी खर्कमा ल्याएको अर्का खर्काला चन्द्र बुढाले बाउनुभयो । विगतका वर्षभन्दा यसवर्ष बढी भेडा पालनका लागि रानी खर्कमा लगिएको बताउँदै र यतिबेला रानी खर्कको पाटन रमणीय देखिने गरेको उहाँले बताउनुभयो ।

अझै एक महिनासम्म रानी खर्कमा भेडा पालनका लागि राखिनेछ । भेडी गोठ सरेपछि रानी खर्कको पाटनमा निक्कै चहल पहल समेत भएको छ । बथानका बथान भेडाहरु चराउने हेरालुहरु पनि ठाडी भाकामा देउडा गीत गाउने गर्दै आउनुभएको छ । यतिबेला रानी खर्कमा भेडा मात्र नभएर चौरी गाई, जुमा, लुलु गाईको खर्क समेत सारिएका छन । नयाँ जन्मेका भेडाका पाठापाठी बथान पनि ठुलै देखिने गरेको छ ।

  himalayanvoice.com | १८ भाद्र २०८२, बुधबार ०१:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online