ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

‘धैर्य र संयम नगुमाउ, सबैलाई डोर्याउने अभिभारा काँग्रेसको काँधमा छ, जेनजीप्रति श्रद्धाञ्जली’ काँग्रेस सभापति शेर बहादुर देउवा माथि भएको आक्रमण नियोजित र निन्दनीय छ । राजनीतिक दलहरु प्रति बदला पूर्ण भावना न्यायोचित घटना होइन, छानविन हुनु पर्छ । प्रमुख राजनतिक दललाई निषेध गरेर जाने कुचेष्टाले मुलुक अर्को ठुलो दुर्घटनामा पर्दछ ।

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले धैर्य संयम, संवाद सहित शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन्। जेनजी आन्दोलनपछिको मुलुकमा उत्पन्न जटिल र गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कॊइरालाले यस्तो आग्रह गरेका हुन् ।

उनले प्रदर्शनमा ज्यान गुमाएका जेनजीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना अर्पण गर्नुभएको छ। अपिलमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

हिमालयन भ्वाइससंग विशेष कुरा गर्दै ‘जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा जीवन गुमाएका होनहार युवाहरूप्रति फेरि पनि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । काँग्रेस सभापति शेर बहादुर देउवा माथि भएको आक्रमण नियोजित र निन्दनीय छ । राजनीतिक दलहरु प्रति बदला पूर्ण भावना न्यायोचित घटना होइन, छानविन हुनु पर्छ । प्रमुख राजनतिक दललाई निषेध गरेर जाने कुचेष्टाले मुलुक अर्को ठुलो दुर्घटनामा पर्दछ ।

‘भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन हामी सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन जरुरी छ’, कोइरालले भने, ‘नेताहरुको सत्ताको अहंकारले देश ठुलो दुर्घटनामा पुगेको छ। मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिड्न चाहने सबैलाई डोर्याउने अभिभारा काँग्रेसको काँधमा छ र काँग्रेसले मुलुकको संकटलाई निकास दिन पहल गर्दछ ।’

  himalayanvoice.com | २५ भाद्र २०८२, बुधबार १२:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online