ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

लेफ्ट–राइटको अङ्ग्रेजी संस्करण सार्वजनिक

काठमाडौँ । पत्रकार एवं लेखक नेत्र पन्थीको कृति लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीतिको अङ्ग्रेजी संस्करण प्रकाशनमा आएको छ। दुई वर्षअघि प्रकाशित नेपाली संस्करणलाई परिमार्जन र पुनर्लेखन गरेर तयार गरिएको अङ्ग्रेजी संस्करण दसैँको अवसर पारेर प्रकाशनमा आएको हो ।

पुस्तकमा प्रमुख दलका शीर्ष नेताले सत्ता र शक्ति प्राप्तिका लागि मूल्य-मान्यता, विधान र संविधानलाई बेवास्ता गरेर चालेका कदमको विस्तृत विवेचना गरिएको छ। पन्थीका अनुसार नयाँ संविधान जारी भएपश्चात् पनि नेताको सत्ताप्रतिको भोक नघटेको तथ्यलाई पुस्तकमा पढ्न सकिन्छ । पुस्तकले नेपालको भूराजनीतिक प्रभावलाई विशेष रूपमा उठान गरेको छ।

प्रकाशक इन्डिगो इन्कका अनुसार पुस्तकले कहिले दायाँ त कहिले बायाँ मोडिने राजनीतिक नेतृत्वको चरित्र र त्यसका दुर्भाग्यपूर्ण परिणामलाई प्रस्ट्याउने प्रयास गरेको छ। नैतिक र अनैतिकको सीमारेखा मेटिँदै गएको नेपाली राजनीतिका अन्तरकथा उजागर गर्ने पुस्तकमा पछिल्ला सत्ता समीकरणका नाटकीय घटनाक्रम, गुप्त भेटघाट र सम्झौतासमेत समेटिएका छन्।

लेखक पन्थी भन्नुहुन्छ, “पुस्तकमा सत्ता र शक्तिका लागि भएका दाउपेच र एकापसमा गरिएका धोकाधडीका प्रसंग मात्रै होइन, नीति, नियम, नैतिकता, मूल्य-मान्यता, सिद्धान्त, व्यवस्था, विधि–विधान र संविधानलाई बेवास्ता गरिएका कैयौँ उदाहरण पनि समेटिएका छन्।” पुस्तक चार सय पेजको छ ।

यसअघि लेखक पन्थीका लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीति (२०८०) , डिभोर्सः प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसङ्घर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) पुस्तक प्रकाशित भइसकेका छन् । यसबाहेक उहाँले धेरै पुस्तक सम्पादन गर्नुभएको छ । विभिन्न सञ्चार संस्थामा सम्पादकीय भूमिकामा काम गर्नुभएका पन्थी अहिले नयाँ पत्रिका दैनिकमा आबद्ध हुनुहुन्छ ।

  himalayanvoice.com | ३ आश्विन २०८२, शुक्रबार ११:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online