ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

लेफ्ट–राइटको अङ्ग्रेजी संस्करण सार्वजनिक

काठमाडौँ । पत्रकार एवं लेखक नेत्र पन्थीको कृति लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीतिको अङ्ग्रेजी संस्करण प्रकाशनमा आएको छ। दुई वर्षअघि प्रकाशित नेपाली संस्करणलाई परिमार्जन र पुनर्लेखन गरेर तयार गरिएको अङ्ग्रेजी संस्करण दसैँको अवसर पारेर प्रकाशनमा आएको हो ।

पुस्तकमा प्रमुख दलका शीर्ष नेताले सत्ता र शक्ति प्राप्तिका लागि मूल्य-मान्यता, विधान र संविधानलाई बेवास्ता गरेर चालेका कदमको विस्तृत विवेचना गरिएको छ। पन्थीका अनुसार नयाँ संविधान जारी भएपश्चात् पनि नेताको सत्ताप्रतिको भोक नघटेको तथ्यलाई पुस्तकमा पढ्न सकिन्छ । पुस्तकले नेपालको भूराजनीतिक प्रभावलाई विशेष रूपमा उठान गरेको छ।

प्रकाशक इन्डिगो इन्कका अनुसार पुस्तकले कहिले दायाँ त कहिले बायाँ मोडिने राजनीतिक नेतृत्वको चरित्र र त्यसका दुर्भाग्यपूर्ण परिणामलाई प्रस्ट्याउने प्रयास गरेको छ। नैतिक र अनैतिकको सीमारेखा मेटिँदै गएको नेपाली राजनीतिका अन्तरकथा उजागर गर्ने पुस्तकमा पछिल्ला सत्ता समीकरणका नाटकीय घटनाक्रम, गुप्त भेटघाट र सम्झौतासमेत समेटिएका छन्।

लेखक पन्थी भन्नुहुन्छ, “पुस्तकमा सत्ता र शक्तिका लागि भएका दाउपेच र एकापसमा गरिएका धोकाधडीका प्रसंग मात्रै होइन, नीति, नियम, नैतिकता, मूल्य-मान्यता, सिद्धान्त, व्यवस्था, विधि–विधान र संविधानलाई बेवास्ता गरिएका कैयौँ उदाहरण पनि समेटिएका छन्।” पुस्तक चार सय पेजको छ ।

यसअघि लेखक पन्थीका लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीति (२०८०) , डिभोर्सः प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसङ्घर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) पुस्तक प्रकाशित भइसकेका छन् । यसबाहेक उहाँले धेरै पुस्तक सम्पादन गर्नुभएको छ । विभिन्न सञ्चार संस्थामा सम्पादकीय भूमिकामा काम गर्नुभएका पन्थी अहिले नयाँ पत्रिका दैनिकमा आबद्ध हुनुहुन्छ ।

  himalayanvoice.com | ३ आश्विन २०८२, शुक्रबार ११:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online