ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाउनुभएको छ । अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरूसँग आज भएको बैठकमा उहाँले खर्च कटौतीमार्फत जेनजी प्रदर्शनका क्रममा जलाइएका भौतिक संरचनाको पुनःनिर्माण गरिने बताउनुभयो । 

बैठकमा मन्त्री खनालले विकास साझेदारले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुर्‍याउँदै आएकामा धन्यवाद दिनुभयो । “नेपालमा हालै गठित अन्तरिम सरकारद्वारा युवाहरूको चाहना अनुरूप पारदर्शी, जबाफदेही, भ्रष्टाचारमुक्त समाज र विधिको शासन स्थापना गरिने छ,” उहाँले भन्नुभयो, “आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको छ । अनुपयुक्त खर्च कटौती र मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिइने छ ।”

कार्यक्रममा विकास साझेदारका तर्फबाट संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरू, भारत र नर्वेका प्रतिनिधि, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रमका प्रतिनिधि लगायतले आफ्नो भनाइ राख्दै नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको र सरकारको नीति तथा कार्यक्रममा सहमति जनाउनुभएको थियो ।

विकास साझेदारले चालू अवस्थाका आयोजनाहरूलाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् ।  मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले बैठकमा राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्बन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

  himalayanvoice.com | १० आश्विन २०८२, शुक्रबार ११:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online