ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

स्रोत नखुलेको रकमबारे अनुसन्धान भइरहेको छ : अर्थ मन्त्रालय गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा नगद रकम जलेको वा जलेको अवस्थामा भेटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस्ता जोखिमबाट बच्न नागरिकलाई नगदको सट्टा विद्युतीय भुक्तानी प्रणाली प्रयोग गर्न अनुरोध गरेको हो ।

काठमाडौँ । अर्थ मन्त्रालयले स्रोत नखुलेको रकम विभिन्न व्यक्तिले आफ्नो निवास वा अन्यत्र लुकाइराखेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । आइतबार अर्थ मन्त्रालयले एक सूचना गर्दै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम यस्तो अनुसन्धान भइरहेको जनाएको हो ।

जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा कतिपय घरमा रकम रहेको चर्चा चलिरहेका बेला अर्थ मन्त्रालयले यस्तो सूचना गरेको हो । मन्त्रालयले प्रचलित कानुनबमोजिम आय आर्जन भएको र स्रोत खुलेको स्वदेशी रकमको जुनसुकै परिमाण आफूसँग वा अन्य स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको पनि स्पष्ट पारेको छ । मन्त्रालयले जोखिमबाट बच्न भन्दै नागरिकलाई नगदको सट्टा विद्युतीय भुक्तानी प्रणाली प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा नगद रकम जलेको वा जलेको अवस्थामा भेटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस्ता जोखिमबाट बच्न नागरिकलाई नगदको सट्टा विद्युतीय भुक्तानी प्रणाली प्रयोग गर्न अनुरोध गरेको हो । सरकारले सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार वित्तीय संस्था वा बैङ्किङ उपकरणमार्फत गर्ने गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गरिरहेको भन्दै विद्युतीय भुक्तानी प्रणाली प्रयोग गर्न आग्रह गरेको हो । विद्युतीय भुक्तानीमार्फत जुनसुकै सीमासम्मको रकमको कारोबार गर्न सकिने भन्दै मन्त्रालयले ठुलो परिमाणमा नगद सञ्चय गरेर राख्नुपर्ने आवश्यकता नभएको स्पष्ट पारेको छ ।

कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाख रुपियाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा बैङ्किङ उपकरणमार्फत गर्नुपर्ने व्यवस्था रहेको अर्थले स्मरण गराएको छ । करसम्बन्धी प्रचलित कानुनले सीमा तोकेकोमा भने सोहीबमोजिम हुने मन्त्रालयले जनाएको छ ।

नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर पाँच हजारसम्म (भारतीय रुपियाँको हकमा अमेरिकी डलर पाँच हजार बराबर हुन आउने भारतीय रुपियाँसम्म र नेपाल राष्ट्र बैङ्कबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर पाँच हजार बराबरसम्म) भन्सार घोषणाबिना नेपाल भिœयाउन सक्ने र सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको सूचनामा उल्लेख छ ।

त्यस्तै नेपाली नागरिकले वैध तरिकाले प्राप्त गरेको विदेशी मुद्रा पनि अधिकतम एक हजार पाँच सय अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने व्यवस्था रहेको अर्थ मन्त्रालयले जनाएको छ । विदेशमा रोजगारी वा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधा अन्तर्गत प्राप्त गरेको विदेशी मुद्रामध्ये बचत हुन आएको विदेशी मुद्राका लागि यस्तो व्यवस्था रहेको स्मरण गराएको हो । यसबाहेक स्रोत नखुलेको नगद कहीँ कतै भेटिएमा प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रीय गराइएको मन्त्रालयले जनाएको छ ।

  himalayanvoice.com | १२ आश्विन २०८२, आईतवार २२:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online