ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

सडक सुचारु, रोकिएका सवारीसाधन गन्तव्यतिर मुग्लिन नारायणगढ र मुग्लिनदेखि काठमाडौंको सडक राति यात्रा गर्न जोखिम भएको भन्दै चितवनको सडकमा होल्ड गरिएको थियो ।

चितवन । जोखिम कम गर्न राति रोकिएका सवारी साधनलाई विहान ६ बजेबाट गन्तव्यतर्फ पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजधानी काठमाडौं, पोखरा जान तथा आउन राति ९ बजेपछि चितवनको सडक बन्द गरिएको थियो ।

मुग्लिन नारायणगढ र मुग्लिनदेखि काठमाडौंको सडक राति यात्रा गर्न जोखिम भएको भन्दै चितवनको सडकमा होल्ड गरिएको थियो । राति होल्ड गरिएको सवारीसाधन आज विहान ६ बजेबाट गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । नारायणगढबाट पोखरा र काठमाडौं जाने सवारीसाधन नारायणगढको आपटारीमा रातभर रोकिएको थियो ।

पोखरा तथा काठमाडौंबाट तराइ आएका सवारी साधन चितवनको सिमाना मुग्लिनलगायतको स्थानमा राति रोकिएको थियो । पूर्व पश्चिम राजमार्ग भने यथावत सञ्चालन भएको छ ।

  himalayanvoice.com | १९ आश्विन २०८२, आईतवार २२:४०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online