ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड

हङकङ । अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबिच लगानीकर्ता सुरक्षित स्थानतर्फ लागेपछि बुधबार सुनको मूल्यले इतिहासमै पहिलो पटक प्रतिऔँस चार हजार डलर पार गरेको छ ।

टेक कम्पनीको तीव्र उकालो रेकर्डमा पुगेपछि अब ती बजार अत्यधिक मूल्याङ्कनमा पुगेको चिन्तासँगै सुनमा लगानी बढेको हो । वर्षभरि व्यापारी विश्वव्यापी आर्थिक अनिश्चित, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति र भूराजनीतिक तनावबिच सुनमा निर्भर रहँदै आएका छन् ।

परिणामस्वरूप सुनको मूल्य यस वर्ष मात्र ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ । फ्रान्समा प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपति इमानुएल म्याक्रोनमाथिको राजनीतिक दबाबले पनि सुनलाई थप आकर्षक बनाएको थियो । लामो समयदेखि अस्थिरताका समयमा सुरक्षित सम्पत्ति मानिँदै आएको सुन बुधबार प्रतिऔँस चार हजार ३७.१० डलरसम्म पुगेको छ ।

यससँगै चाँदी पनि आफ्नै रेकर्ड नजिक पुगेको छ । अमेरिकी सरकारका केही विभाग बन्द हुँदा लगानीकर्तामा अनिश्चितता बढेको छ । यसले विशेषतः रोजगारीसम्बन्धी प्रमुख आर्थिक तथ्याङ्क स्थगित गरेको छ र अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ) लाई ब्याजदरसम्बन्धी निर्णयमा अन्योलमा पारेको छ ।

नेसनल अस्ट्रेलिया बैङ्कका अर्थ विश्लेषक टेलर न्युजेन्टले भन्नुभयो, “सुनको तीव्र वृद्धि एक्सचेन्ज–ट्रेडेड फन्डको बढ्दो आगमन, चीनको बलियो माग र विश्वका केन्द्रीय बैङ्कको खरिदले समर्थन गरेको हो । राजनीतिक, आर्थिक र मुद्रास्फीति अनिश्चिततामा सुन सधैँ लाभमा रहन्छ ।”

त्यस्तै पेपर स्टोनका क्रिस वेस्टनले लेख्नुभएको छ, “विश्वका कोष र रिजर्भ प्रबन्धकले वित्तीय अस्थिरता, मुद्रा अवमूल्यन र अनपेक्षित सरकारी नीतिबाट जोगिन हेज खोजिरहेका छन् । सुन त्यसको केन्द्रमा छ ।”

यसबिच एसियाली बजारमा भने कमजोरी देखिएको छ । कृत्रिम बुद्धिमत्तामा (एआई) लगानीबारे प्रश्न उठेपछि धातु बजार बलियो रहे पनि इक्विटी बजारमा गिरावट आएको छ । एनभिडिया ४० खर्ब डलर मूल्याङ्कनमा शीर्ष स्थानमा रहे पनि ओरेकलको क्लाउड कम्प्युटिङ नाफा अपेक्षाभन्दा कमजोर रहँदा विश्व बजारमा असर प¥यो ।

एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भन्नुभयो, “पूर्णताका लागि मूल्याङ्कन भएको बजारमा नगद प्रवाहमा सानो ढिलाइ पनि अन्तिम कल जस्तै लाग्छ । व्यापारीले स्पष्टीकरणको प्रतीक्षा गरेनन्, उनीहरूले आफ्नो स्थिति घटाउन थाले । ओरेकलको परिणामले पार्टी समाप्त गरेन तर निश्चित रूपमा मौन बनायो ।”

एसियाली बजारमा टेक कम्पनीहरूमा बिक्री बढ्यो । हङकङमा अलिबाबा र जेडिडटकम, ताइपेईमा टिएसएमसी र टोकियोमा रेनेसास तीव्र रूपमा घटे । हङकङ र ताइपेई बजार सबैभन्दा बढी प्रभावित भए भने सिड्नी, मुम्बई र सिङ्गापुरमा पनि गिरावट देखियो ।

टोकियोमा सत्तारूढ पार्टीका नेतामा व्यापारमैत्री रूढीवादी साने ताकाइचीको विजयसँगै उकालो गएको बजार बुधबार केही कमजोर भयो । लगानीकर्ता थप मौद्रिक सहजता र प्रोत्साहन योजनाको प्रतीक्षा गरिरहेका छन् । यसैबिच लन्डन, पेरिस र फ्रेङ्कफर्टमा बजार स्थिर देखिए भने वेलिङ्टन, मनिला, बैङ्कक र जकार्तामा सन्तुलित कारोबार भइरहेको थियो ।

  himalayanvoice.com | २३ आश्विन २०८२, बिहीबार ००:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online