ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

डा. टीकाराम पोखरेलको  ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

काठमाडौं । नेपाली साहित्यमा कथा, लघुकथा, निबन्ध, समालोचना र समसामयिक लेखनमा कलम चलाउँदै आएका डा. टीकाराम पोखरेलको ‘अन्त्यारम्भ’ नामक कथासङ्ग्रह प्रकाशित भएको छ ।

कथामा प्रेम, यौन, जीवन, मानव मनोविज्ञान, मानवीय मूल्य मान्यवता, मानवताको ह्रास, राजनीतिक विकृति, विसङ्गति, सामाजिक झिनाझम्टी, अपराध, अशिक्षा, अन्धविश्वास, अविकास र गरिबीबाट उत्पन्न विषम परिस्थितिहरुको उठान कथा संग्रहमा गरिएको छ ।

कल्पनाभन्दा बढी भोगाई, असामाजिक लाग्ने यथार्थ र समाजका कुरीतिप्रति व्यंग्यात्मक प्रहार गरिएका कथाहरुमा यौनका बाछिटा, केही प्रेमका मिठास, केही राजनीतिका धब्बा, केही छलनीतिका कुरा, केही कृत्य र केही कुकृत्य, केही लोभ र केही पापका पाटाहरू समाविष्ट छन् ।

२१ वटा कथाहरु समेटिएको कथा सङ्ग्रह सुन्दर स्वदेश प्रकाशनले प्रकाशित गरेको हो । पोखरलेको यो नवौँ कृति र दोस्रो कथा सङ्ग्रह हो । यसअघि पोखरेलको कृति धोको (२०५६) प्रकाशित भएको थियो ।

  himalayanvoice.com | २४ आश्विन २०८२, शुक्रबार ११:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online