ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

राष्ट्रपति पौडेलले जेनजी समूहसँग आज छलफल गर्नुहुँदै छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनुहुनेछ । आजको छलफलमा जेनजीको माग र आगामी राजनीतिबारे छलफल हुने छ ।

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान जेनजी प्रतिनिधिहरुसँग छलफल गर्नुहुँदै छ । आज बिहान ९ बजेपछि शीतल निवासमा राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

प्रेस सल्लाकार पोखरेलका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनुहुनेछ । आजको छलफलमा जेनजीको माग र आगामी राजनीतिबारे छलफल हुने उहाँको भनाइ छ ।

यसअघि शुक्रबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित सर्वदलीय बैठक गर्नुभएको थियो । बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार, फागुन २१ गतेका लागि घोषित निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

  himalayanvoice.com | २४ आश्विन २०८२, शुक्रबार २३:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online