ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता जितेन्द्रप्रसाद सोनार  प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदीले बुधबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनारलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। पाँच दलको गठबन्धनको समर्थनमा उहाँलाई मुख्यमन्त्री बनाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

लोसपा, जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) सहितको पाँचदलीय गठबन्धनले ५६ जना सांसदको समर्थनसहित सोनारलाई मुख्यमन्त्रीमा दाबी पेश गरेको थियो ।

यसअघि जनमत पार्टी नेतृत्वको सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार प्रदेशसभाको रोष्टमबाटै राजीनामाको घोषणा गर्नुभएको थियो। सिंहले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको थियो।

त्यसपछि बुधबार लोसपा नेतृत्वको पाँच दलीय गठबन्धनले दाबी पेस गरेसँगै सोनारलाई मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त गरिएको हो।

  himalayanvoice.com | २९ आश्विन २०८२, बुधबार ११:१०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online