ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

पुनर्स्थापनाको माग लिई अदालत जान निवर्तमान सांसदबाट हस्ताक्षर सङ्कलन अभियान विघटनको झन्डै दुई महिनापछि दुई दलका प्रतिनिधिले हस्ताक्षर सङ्कलनको कार्य अघि बढाएका हुन् । 

काठमाडौँ । विघटित प्रतिनिधि सभामा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का सदस्यले पुनर्स्थापनाको माग लिई अदालत जान हस्ताक्षर सङ्कलन अभियान चलाएका छन् । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेका दुई दलका निवर्तमान सांसदले विवाद अदालतमा पुगिसकेपछि हस्ताक्षर सङ्कलन सुरु गरेका हुन् । 

एमालेले विघटन असंवैधानिक भन्दै पुनर्स्थापना हुनुपर्ने संस्थागत निर्णय नै गरिसकेको छ तर कांग्रेसले पुनस्र्थापनाको पक्षमा कुनै संस्थागत निर्णय गरेको छैन । विघटनलाई भने कांग्रेसले पनि असंवैधानिक कदम भनेको छ । विघटनको झन्डै दुई महिनापछि दुई दलका प्रतिनिधिले हस्ताक्षर सङ्कलनको कार्य अघि बढाएका हुन् ।

एमालेका सांसदले अघिल्लो सातादेखि नै हस्ताक्षर सुरु गरिसकेका छन् । एमालेले अभियान चलाएपछि कांग्रेस सांसदले पनि शुक्रबारदेखि हस्ताक्षर सुरु गरेका हुन् । हस्ताक्षर सङ्कलन भएपछि पार्टीसँग परामर्श गरेर सर्वोच्च अदालतमा रिट लिएर जाने रणनीतिमा विघटित सभाका सदस्य छन् । अदालतमा अहिले विघटनसँग सम्बन्धित १६ रिट निवेदन विचाराधीन छन् । अदालतले प्रारम्भिक सुनुवाइबाट विपक्षीसँग लिखित जवाफ माग गरिसकेको छ ।

विघटित सभाका सदस्य एवं सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले अदालत जाने प्रयोजनका लागि हस्ताक्षर सङ्कलन भइरहेको बताउनुभयो । बर्तौलाले भन्नुभयो, “विघटन असंवैधानिक भएको र पुनस्र्थापनाको पक्षमा पार्टीको निर्णय प्रस्ट छ । अहिलेको अवस्थाबाट मुलुकलाई सही दिशामा ल्याउन र द्वन्द्व अन्त्यको उपयुक्त विकल्प पुनस्र्थापना हो । हस्ताक्षर हामीले सङ्कलन गरिरहेका छौँ, थप परामर्श गरेर निर्णयमा पुग्छौँ ।”

नेपाली कांग्रेसका तर्फबाट विघटित सभामा सचेतक रहनुभएकी सुशीला थिङले पनि हस्ताक्षर सङ्कलन भइरहेको बताउनुभयो । विघटनलाई पार्टीले असंवैधानिक भनिसकेको अवस्थामा अहिलेको अवस्थाको निकासका लागि सांसदले एकीकृत प्रयास अघि बढाइरहेको थिङले बताउनुभयो । उहाँले भन्नुभयो, “विघटन असंवैधानिक हो भनेर पार्टीले भनिसकेको छ । पुनस्र्थापनाको विषयमा मात्र संस्थागत निर्णय भएको छैन । अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिने नेतृत्व नेपाली कांग्रेसले लिनु पर्छ भनेर हामी अघि बढेका हौँ । पुनस्र्थापनाले अहिलेका अन्योललाई ‘लिक’ मा ल्याउँछ । हामी हस्ताक्षर सङ्कलनपछि पार्टीको ध्यानाकर्षण गराउँछौँ । पार्टीको निर्णय अनुसार अघि बढ्छौँ ।”

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै प्रतिनिधि सभा विघटन भएको थियो । आन्दोलनपछि राष्ट्रपतिसँग भएको वार्ताका क्रममा विभिन्न समूहले प्रतिनिधि सभा विघटनको माग राखेका थिए । भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएसँगै कार्कीकै सिफारिसमा सभा विघटन भएको थियो । प्रतिनिधि सभाले अपेक्षित काम गर्न नसकेको भन्दै विघटन सिफारिस गरिए पनि आन्दोलनकारीकै माग सम्बोधनका लागि सभा आवश्यक भएको तर्कसहित यसअघि सभामा प्रतिनिधित्व गर्ने दलले पुनस्र्थापनाको आवाज उठाउँदै आएका छन् ।

यसअघि सभामुख देवराज घिमिरेले पनि पुनस्र्थापनाको माग लिएर अदालत जाने वा नजानेमा दलका प्रतिनिधि र कानुन व्यवसायीसँग छलफल गर्नुभएको थियो । परामर्श गरेका अधिकांशले ठोस राय नदिएपछि सभामुख घिमिरे निर्णयविहीन हुनुभएको थियो । दलका प्रतिनिधि र कानुन व्यवसायीले घिमिरेलाई मिश्रित राय दिएका थिए ।

  himalayanvoice.com | २४ कार्तिक २०८२, आईतवार २१:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online