ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

मधेश प्रदेशका प्रमुख भण्डारी पदमुक्त, नयाँ प्रदेश प्रमुखका लागि कर्ण सिफारिस प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले बताउनुभयो ।

काठमाडौँ । सरकारले मधेश प्रदेशको प्रमुखमा सुरेन्द्रलाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले बताउनुभयो ।

यस्तै भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा ४ जना निजामती कर्मचारी  र ११ जना नेपाल प्रहरी थप गरी कर्मचारी उपलब्ध गराउने निर्णय भएको सञ्चार मन्त्री खरेलले बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले भू उपयोग तेस्रो संशोधन नियमावली २०८२ र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली स्वीकृत गर्ने र कर्णाली प्रदेशमा फागुन १ देखि ७ गतेसम्म १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने लगायतका निर्णय गरेको छ ।

  himalayanvoice.com | २५ कार्तिक २०८२, सोमबार ११:५५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online