ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

मधेश प्रदेशका प्रमुख भण्डारी पदमुक्त, नयाँ प्रदेश प्रमुखका लागि कर्ण सिफारिस प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले बताउनुभयो ।

काठमाडौँ । सरकारले मधेश प्रदेशको प्रमुखमा सुरेन्द्रलाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले बताउनुभयो ।

यस्तै भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा ४ जना निजामती कर्मचारी  र ११ जना नेपाल प्रहरी थप गरी कर्मचारी उपलब्ध गराउने निर्णय भएको सञ्चार मन्त्री खरेलले बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले भू उपयोग तेस्रो संशोधन नियमावली २०८२ र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली स्वीकृत गर्ने र कर्णाली प्रदेशमा फागुन १ देखि ७ गतेसम्म १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने लगायतका निर्णय गरेको छ ।

  himalayanvoice.com | २५ कार्तिक २०८२, सोमबार ११:५५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online