मधेश प्रदेशका प्रमुख भण्डारी पदमुक्त, नयाँ प्रदेश प्रमुखका लागि कर्ण सिफारिस

काठमाडौँ । सरकारले मधेश प्रदेशको प्रमुखमा सुरेन्द्रलाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले बताउनुभयो ।

यस्तै भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा ४ जना निजामती कर्मचारी  र ११ जना नेपाल प्रहरी थप गरी कर्मचारी उपलब्ध गराउने निर्णय भएको सञ्चार मन्त्री खरेलले बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले भू उपयोग तेस्रो संशोधन नियमावली २०८२ र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली स्वीकृत गर्ने र कर्णाली प्रदेशमा फागुन १ देखि ७ गतेसम्म १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने लगायतका निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×