ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

सर्वोच्चको आदेश : मधेस मुख्यमन्त्री यादवलाई दीर्घकालीन निर्णयमा रोक त्यससँगै अदालतले संविधानको धारा १६(४) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रियामा संसदीय अभ्यासविपरीत कुनै पनि कार्य नगर्न चेतावनी दिएको छ।

काठमाडौँ। सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज आदेश जारी गर्दै कात्तिक २३ गते गठन गरिएको भनिएको मन्त्रिपरिषद्बाट नीतिगत तथा दीर्घकालीन असर पर्ने निर्णय नगर्नू भन्ने निर्देशन दिएको हो।

आदेशमा उल्लेख छ, “मुख्यमन्त्री नियुक्ति प्रक्रियामा संविधानले परिकल्पना गरेको संसदीय लोकतन्त्रको मूल्यमान्यता र पारदर्शितामा गम्भीर प्रश्न उठेको देखिएकाले, निवेदनको अन्तिम किनारा नलागेसम्म कुनै पनि नीतिगत वा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्नू।”

त्यससँगै अदालतले संविधानको धारा १६(४) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रियामा संसदीय अभ्यासविपरीत कुनै पनि कार्य नगर्न चेतावनी दिएको छ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित विपक्षी दलका प्रदेशसभा सदस्यहरूले दायर गरेको रिट निवेदनको अन्तिम सुनुवाइ मङ्सिर ११ गतेका लागि तोकिएको छ।

मधेस प्रदेशसभाका ७४ सदस्यले संविधानको धारा १६८(३) अनुसार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय रद्द गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

  himalayanvoice.com | ३ मंसिर २०८२, मंगलवार १२:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online