ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

फागुन २१ प्रतिनिधिसभा निर्वाचन : दल दर्ता समय आज सकिँदै, ८० दल दर्ता निर्वाचन आयोगमा हालसम्म पुराना र नयाँ गरी १३५ दल दर्ता भएका छन्। यसमध्ये आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन केवल दर्ता भएका दलहरूले मात्र पात्रता पाउनेछन्।

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गर्ने समय आज सकिँदै छ। मंगलबारसम्म ८० राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गरिसकेका छन्।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि आजसम्म दल दर्ता खुला राखेको थियो। अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत ८० दलले दर्ता गरिसकेको आयोगले जनाएको छ।

निर्वाचन आयोगमा हालसम्म पुराना र नयाँ गरी १३५ दल दर्ता भएका छन्। यसमध्ये आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन केवल दर्ता भएका दलहरूले मात्र पात्रता पाउनेछन्।

आयोगले मंसिर ११ देखि १८ गतेसम्म दर्ता भएका दलहरूको छानबिन गरी मंसिर २० गते स्वीकृत दलहरूको नामावली प्रकाशित गर्ने तयारी गरेको छ।

  himalayanvoice.com | १० मंसिर २०८२, मंगलवार २२:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online