फागुन २१ प्रतिनिधिसभा निर्वाचन : दल दर्ता समय आज सकिँदै, ८० दल दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गर्ने समय आज सकिँदै छ। मंगलबारसम्म ८० राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गरिसकेका छन्।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि आजसम्म दल दर्ता खुला राखेको थियो। अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत ८० दलले दर्ता गरिसकेको आयोगले जनाएको छ।

निर्वाचन आयोगमा हालसम्म पुराना र नयाँ गरी १३५ दल दर्ता भएका छन्। यसमध्ये आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन केवल दर्ता भएका दलहरूले मात्र पात्रता पाउनेछन्।

आयोगले मंसिर ११ देखि १८ गतेसम्म दर्ता भएका दलहरूको छानबिन गरी मंसिर २० गते स्वीकृत दलहरूको नामावली प्रकाशित गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×