ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

फागुन २१ प्रतिनिधिसभा निर्वाचन : दल दर्ता समय आज सकिँदै, ८० दल दर्ता निर्वाचन आयोगमा हालसम्म पुराना र नयाँ गरी १३५ दल दर्ता भएका छन्। यसमध्ये आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन केवल दर्ता भएका दलहरूले मात्र पात्रता पाउनेछन्।

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गर्ने समय आज सकिँदै छ। मंगलबारसम्म ८० राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गरिसकेका छन्।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि आजसम्म दल दर्ता खुला राखेको थियो। अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत ८० दलले दर्ता गरिसकेको आयोगले जनाएको छ।

निर्वाचन आयोगमा हालसम्म पुराना र नयाँ गरी १३५ दल दर्ता भएका छन्। यसमध्ये आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन केवल दर्ता भएका दलहरूले मात्र पात्रता पाउनेछन्।

आयोगले मंसिर ११ देखि १८ गतेसम्म दर्ता भएका दलहरूको छानबिन गरी मंसिर २० गते स्वीकृत दलहरूको नामावली प्रकाशित गर्ने तयारी गरेको छ।

  himalayanvoice.com | १० मंसिर २०८२, मंगलवार २२:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online