ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

एक सय चौध दलले भाग लिने, निर्वाचन चिह्न प्रदान, समानुपातिकतर्फ ३३ दल दर्ता

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल ११४ दलले भाग लिन पाउने भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ११७ दलबाट १२० वटा निवेदन परेकामा निर्वाचन आयोगले १३ वटा निवेदन खारेज गर्दै १०७ वटा निर्वाचन चिह्न प्रयोग हुने गरी दलको निवेदन स्वीकृत गरेको हो । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुन ११७ दलबाट १२० वटा निवेदन परेकामा १३ वटा निवेदन खारेज भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन चिह्न प्रयोग हुने कुल सङ्ख्या १०७ हुने भएको छ । आठ वटा दल एकल चुनाव चिह्नमा गएका छन् । दर्ताका लागि निवेदन दिएको एउटा दलले निवेदन फिर्ता लिएको, एक दल जरिबाना नतिरेकाले निवेदन खारेज भएको, एक दलको दुई पक्षबाट छुट्टाछुट्टै निवेदन परेकामा दर्ताको निवेदन खारेज भएको तथा दुई दलको एकलबाट एउटा निवेदन खारेज भएको आयोगले जनाएको छ ।

आयोगमा दर्ता कायम भएका दलको सङ्ख्या १४३ छ । जसमध्ये ११७ दलबाट निर्वाचनमा भाग लिन निवेदन प¥यो । १०२ वटा दल एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्ने छन् । एकल निर्वाचन चिह्न लिई संयुक्त रूपमा भाग लिने १२ दलका पाँच समूह छन् । पाँचै समूहका १२ वटा दलले पाँच वटा निर्वाचन चिह्न पाएका छन् । निर्वाचन आयोगले मङ्सिर १ देखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो । आयोगले समयावधि थप गरेर मङ्सिर १४ गतेसम्म दल दर्ताको समय थपेपछि ११४ वटा दलबाट निवेदन परेको हो ।

निर्वाचन चिह्न प्रदान

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निवेदन परेका दललाई निर्वाचन चिह्नसमेत प्रदान गरेको छ । आयोग पदाधिकारीको बैठकले मतपत्रमा दलको निर्वाचन चिह्नको क्रमसमेत निर्धारण गरेको छ । जस अनुसार नेकपा (एमाले) को चुनाव चिह्न मतपत्रको पहिलो नम्बरमा हुने, नेपाली कांग्रेसको दोस्रो, नेपाली कम्युनिस्ट पार्टीको तेस्रो तथा राष्ट्रिय स्वतन्त्र पार्टीको चौथो स्थानमा रहने छ । मतपत्रमा कुन दलका कुन उम्मेदवारको चुनाव चिह्न रहने सम्बन्धमा उम्मेदवारी दर्तापछि मात्रै निक्र्योल हुने छ ।

समानुपातिकतर्फ ३३ दल दर्ता

निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीमा भाग लिन आइतबार ३३ दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलले दल दर्ताको निवेदन दिएका हुन् । आयोगले मङ्सिर २१ देखि २४ गतेसम्म समानुपातिकतर्फको दल दर्ताको समयावधि तोकेको छ । पहिलो दिन ३३ दलबाट दर्ताको निवेदन परेको आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो ।

 

  himalayanvoice.com | २२ मंसिर २०८२, आईतवार २३:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online