ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

नेपाली काँग्रेसको सदस्यता नवीकरण प्रणाली मंसिर २९ को मध्यरात सम्म कायम रहने ‘नयाँ क्रियाशील सदस्यता फारम २५ प्रतिशत र ७५ प्रतिशत दुई पटक गरी पठाएका छौँ । परिपत्र गर्दा हामीले वडा, गाउँनगर, प्रदेश क्षेत्रीय सभापतिहरूको बैठक राखेर वितरण गर्ने भनेका छौँ,’ रसाइलीले भने, ‘त्यो कार्यान्वयन भइरहेको छ कि छैन भनेर सचिवालयबाट सात जना सहसचिवहरूले चेक गर्नुहुन्छ। हामी पनि चेक गर्छौँ।’

काठमाडौँ। नेपाली काँग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले २९ मंसिरको मध्यरात सम्म मात्र सदस्यता नवीकरण प्रक्रिया र प्रणाली खुल्ला रहने भएको छ ।

महामन्त्री गगन थापा संयोजकत्वमा रहेको समितिको बिहीबार बसेको बैठकले २९ मंसिर राति १२ बजेदेखि क्रियाशील सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने निर्णय गरेको हो।

समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले भने, ‘मंसिर २९ गते राति १२ बजे सिस्टम लक हुन्छ । त्यसपछि जिल्लाले ईन्ट्री गर्न पाउँदैनन्।’

समितिले नवीकरणको ‘डाटा इन्ट्री’ का लागि ७७ वटै जिल्ला सभापतिहरूलाई ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराएर काम गरिरहेको छ ।

समितिले आगामी आइतबार बैठक बसेर पार्टीका विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्थालगायतको विषयमा निर्णय गर्ने सदस्य रसाइलीले जानकारी दिए ।

‘आइतबार जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्था, तलबाट प्रतिवेदन लिएर समीक्षा गरेर आगामी कदमबारे निर्णय गर्छौँ,’ उनले भने ।

समितिले यसअघि गरिएको परिपत्र अनुसार नयाँ क्रियाशील सदस्यता वितरण भए-नभएको बारे जानकारी लिने पनि निर्णय गरेको छ । जसका लागि केन्द्रीय कार्यालयका सात जना सहसचिवहरू खटाउने निर्णय गरिएको छ ।

‘नयाँ क्रियाशील सदस्यता फारम २५ प्रतिशत र ७५ प्रतिशत दुई पटक गरी पठाएका छौँ । परिपत्र गर्दा हामीले वडा, गाउँनगर, प्रदेश क्षेत्रीय सभापतिहरूको बैठक राखेर वितरण गर्ने भनेका छौँ,’ रसाइलीले भने, ‘त्यो कार्यान्वयन भइरहेको छ कि छैन भनेर सचिवालयबाट सात जना सहसचिवहरूले चेक गर्नुहुन्छ। हामी पनि चेक गर्छौँ।’

  himalayanvoice.com | २६ मंसिर २०८२, बिहीबार १२:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online