ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

देशलाई गलत दिशामा जान नदिन एमाले प्रतिबद्ध : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ ।

भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई गलत दिशामा जान नदिन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टी विघटित प्रतिनिधि सभा पुनःस्थापना हुनेमा विश्वस्त रहेपनि निर्वाचनका लागि समेत तयार रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले प्रायः सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार देखिए पनि सरकारका गतिविधि भने निर्वाचन गराउनेतर्फ लक्षित नरहेको टिप्पणी गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको आन्दोलनमा घुसपैठका कारण राज्यका संरचनाहरू कमजोर बनाइए पनि शान्तिपूर्ण र न्यायपूर्ण विधिबाट लोकतन्त्रलाई लयमा फर्काउनुपर्ने बताउनुभयो ।

नेकपा एमालेको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राजनीतिक दलहरू कमजोर र विभाजित हुँदा लोकतन्त्रमाथि नै खतरा बढ्ने भएकाले देशलाई सही दिशामा अगाडि बढाउन प्रमुख राजनीतिक दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

समारोहमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले खरानीको थुप्रैबाट फेरि उठ्ने सङ्कल्प सहित पार्टी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले दलहरू भित्र धेरै कमजोरीहरू भएपनि अहिलेको हमला दलहरूलाई कमजोर बनाएर लोकतन्त्र नै समाप्त पार्ने षडयन्त्र भएकोले यसमा सबै सचेत रहन आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्वाचनमा भाग लिएर अहिलेको संकट समाधानमा लाग्न सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो ।

यस अघि महाधिवेशनमा सहभागी हुन देशका विभिन्न स्थानबाट आएका महाधिवेशन प्रतिनिधि तथा एमालेका नेता कार्यकर्ता भक्तपुरको गठ्ठाघर र जगातीबाट र्‍यालीसहित उद्घाटन समारोहमा पुगेका थिए ।

महाधिवेशन उद्घाटन समारोहमा नेपालको साँस्कृतिक विविधता र एकताको प्रतीक झल्काउने विभिन्न झाँकी प्रदर्शन गरिएको थियो भने लिच्छवि कालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरूपमा राखेर उपत्यकाका महत्वपूर्ण मठ–मन्दिरको कलात्मक स्वरूप झल्किने मञ्च निर्माण गरिएको थियो ।

  himalayanvoice.com | २८ मंसिर २०८२, शनिबार ११:११

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online