ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

टुँडिखेलमा नाँचियो साकेला

काठमाडौँ ।  प्रकृति पुजारी किराती समुदायको दोस्रो महत्त्वपूर्ण  पर्व उधौलीको अवसरमा साकेला तथा चण्डी नाँच नाँचेको छन्। 

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।  खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मङ्सिर शुल्क पूर्णिमाको दिनलाई सुनुवारले फोलस्याँदर, राईले उधौली साकेला, याक्खाले चासुवा र लिम्बुले चासोक तङ्नाम भन्छन् ।

किरात राईको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ। किरातीहरु एकापसमा भेला भएर सङ्गठित रुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने र सकेला नाच्ने गर्दछ।

किरातको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ।

टुँडिखेलमा मौलिक भेषभुषामा उपस्थित भएका किरात समुदायले आफ्नो कला संस्कृति झल्किने साकेला तथा चण्डी नाच प्रस्तुत गरेका थिए। स्टलमा किरातीहरुले लागाउने भेषभुषा, गरगहना, बजाउने बाजा तथा घरमा प्रयोग हुने भाडा आदि बेच्न समेत राखिएको थियो।

  himalayanvoice.com | २८ मंसिर २०८२, शनिबार ११:०९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online