ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

डिएसए स्टार विजेता घोषणा

काठमाडौँ। परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डिएसए स्टार २०२५ सिजन–१८’ को अन्तिम प्रतिस्पर्धामा विधागत रूपमा बालबालिका विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ सुरिधि पुडासैनी विजेता, तेजस्वी जोरा ‘फस्र्ट रनरअप’, सुजयना गहतराज ‘सेकेन्ड रनरअप’ र अपिल पन्त ‘थर्ड रनरअप’ बन्नुभएको छ ।

त्यस्तै ‘जुनियर डान्सिङ स्टार’ तर्फ प्रिज्मा सापकोटाले शीर्ष उपाधि जित्नुभयो । काव्या पौडेल ‘फस्र्ट रनरअप’, अभिश्री तामाङ ‘सेकेन्ड रनरअप’, लिओना आलेमगर ‘थर्ड रनरअप’, बन्नुभयो । ‘प्री टिन डान्सिङ स्टार’ तर्फ अभियान गिरी विजेता, प्रियांसी सापकोटा ‘फस्र्ट रनरअप’, सोफी चापागाईं ‘सेकेन्ड रनरअप’, स्मृति अधिकारी ‘थर्ड रनरअप’ हुनुभयो ।

‘जुनियर सिङ्गिङ स्टार’ तर्फ विमर्शराज थापाले शीर्ष उपाधि चुम्नुभयो । आश्ना खत्री ‘फस्र्ट रनरअप’, अंश आचार्य ‘सेकेन्ड रनरअप’ र अदिति खड्का ‘थर्ड रनरअप’ बन्नुभयो । ‘प्री टिन सिङ्गिङ स्टार’ तर्फ आयुष पौडेलले उपाधि जित्नुभयो । सगिस्ता रानामगर ‘फस्र्ट रनरअप’, सोनिया सिँजाली ‘सेकेन्ड रनरअप’ र सम्पदा उप्रेती ‘थर्ड रनरअप’ हुनुभयो । ‘एक्टिङ स्टार’ तर्फ आरोहण रिजालले शीर्ष उपाधि हासिल गर्नुभयो । सो विधामा सियोना अर्याल ‘फस्र्ट रनरअप’, नीलग्रिभ खतिवडा ‘सेकेन्ड रनरअप’ र अनामिका रिजाल ‘थर्ड रनरअप’ बन्नुभएको थियो ।

कार्यक्रममा गायक रोज मोक्तानलाई ‘राष्ट्रिय स्रष्टा सम्मान २०८२’ ले सम्मान गरिएको थियो । परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) सोनिया जी आरले विजेताले म्युजिक भिडियोमा अभिनयसँगै सन् २०२७ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्वको अवसर पाएको बताउनुभयो ।

  himalayanvoice.com | १४ पुष २०८२, सोमबार १४:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online