ट्रेण्डिङ्ग:
|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन |मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व सङ्कलन|विराट गोल्डकप फुटबल : सम्राट स्पोर्टिङ फाइनलमा|सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता

समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने भएको छ। 

आयोगले शुक्रबार आयोजना गरेका पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिनुभएको हो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए । तीमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची पेश गरेको उहाँले जानकारी दिनुभयो ।

बन्दसूची पेश गर्ने दलमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिह्न प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् भने बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही चार वटा साझा निर्वाचन चिह्नमार्फत निर्वाचनमा भाग लिने गरी बन्दसूची पेश गरेका छन् ।

उहाँले यसअघि बन्दसूची पेश हुनुअघि नै मतपत्र छपाइको काम गरिएको भएकोले सबै दलका चुनाव चिह्न समेटेर मतपत्र छापिने बताउनुभयो । तर यसपटक भने समानुपातिक बन्दसूची पेश गरेका दलको चुनाव चिह्न मात्रै राखेर मतपत्रको छपाई गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्मको विवरणअनुसार समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिह्नको संख्या ५८ रहने निश्चित भएको छ । आयोगले बन्दसूचीको रुजु प्रक्रिया जारी राखेकाले कुनै दलको सूची अस्वीकृत भएमा सो संख्या घट्नसक्ने उहाँले बताउनुभयो ।

उहाँले बन्दसूचीमा समानुपातिक कलष्टर नमिलेको अवस्था र बन्दसूचीमा भएको उम्मेद्वारले नाम फिर्ता लिन चाहेको बेलामा मात्रै बन्दसूचीमा रहेका नाम परिवर्तन गर्न सकिने बताउनुभयो । अन्यथा नाम परिवर्तन गर्न नमिल्ने उहाँको भनाइ छ । अन्तिम सूची प्रकाशित भएपछि भने केही गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचनमा पर्यवेक्षण गर्नको लागि ४० वटा पर्यवेक्षण संस्थाले अनुमति पाएको जानकारी जानकारी दिनुभयो ।

  himalayanvoice.com | १८ पुष २०८२, शुक्रबार १४:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online