ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग 

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको छ ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिलाई तत्काल विशेष महाधिवेशनको पक्षमा निर्णय लिन माग गरेको हो ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता देवराज चालिसेले कार्यतालिका प्रभावित भइसकेको नियमित महाधिवेशन हुन नसकेकाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताउनुभयो ।

नेता चालिसेले पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पूरा गर्ने आफूहरूलाई विश्वास रहेको बताउनुभयो । उहाँले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको पनि प्रष्ट पार्नुभयो ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीमा हुनुहुन्छ ।

जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा अहिलेकै नीति र नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने भन्दै उहाँहरूले विशेष महाधिवेशनको माग गर्दै आउनुभएको छ ।

  himalayanvoice.com | १८ पुष २०८२, शुक्रबार १४:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online