ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

अदालतविरुद्धको नियोजित प्रहार गम्भीर छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सामाजिक सञ्जालहरूमा अदालत र न्यायाधीशहरू विरुद्ध सुनियोजित रुपमा प्रहार गरी न्यायालयलाई कमजोर बनाउने षडयन्त्रप्रति अदालत गम्भीर रहेको बताउनुभएको छ ।

सर्वोच्च अदालतमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधानन्यायाधीश राउतले मुलुकको अवस्था तरल र गम्भीर रहेको बेला न्यायालयमाथिको शृङ्खलाबद्ध र नियोजित प्रहारले न्यायमा गम्भीर असर पार्नसक्ने तर्फ सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले, अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत र न्यायाधीशमाथि सुनियोजित प्रहार छुट नहुने उल्लेख गर्दै अदालतको आलोचना र टिप्पणी गर्न पाइने तर त्यो स्वस्थकर र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

  himalayanvoice.com | २० पुष २०८२, आईतवार १२:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online