ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

मकवानपुरमा सुमो दुर्घटना, छ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको सुमो दुर्घटनामा छ जनाको मृत्यु भएको छ।

भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आइतबार साँझ ना १ ज १७७८ नं. को सुमो गाडीमा सवार नौ जनामध्ये दुर्घटनामा परी छ जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको सुमो गाडी सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।

घाइते तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

  himalayanvoice.com | २० पुष २०८२, आईतवार १२:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online