मकवानपुरमा सुमो दुर्घटना, छ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको सुमो दुर्घटनामा छ जनाको मृत्यु भएको छ।

भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आइतबार साँझ ना १ ज १७७८ नं. को सुमो गाडीमा सवार नौ जनामध्ये दुर्घटनामा परी छ जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको सुमो गाडी सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।

घाइते तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×