ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित

काठमाडौँ। आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेलको तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाल पाहुना टोली स्कटल्यान्डसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भयो । जितका लागि स्कटल्यान्डले दिएको एक सय ८४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५६ रनमा समेटिएको थियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन बनाउनुभयो । यस्तै कविता कुँवरले अविजित २९, कप्तान इन्दु बर्माले २८ र कविता जोशीले २२ रन जोड्नुभयो ।

बलिङमा स्कटल्यान्डका लागि डार्सी कार्टरले तीन विकेट लिनुभयो । यस्तै क्याथरिन ब्रिस, ओलिभिया बेल र चोल अबेलले एक एक विकेट झार्नुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८३ रन बनाएको थियो । स्कटल्यान्डका लागि क्याथरिन ब्रिसले अविजित ६२ रन बनाउनुभयो ।

यस्तै प्रियानाज चटर्जीले अविजित ४० रन जोड्नुभयो । बलिङमा नेपालकी रुबिना क्षेत्री र कविता कुँवरले दुई दुई तथा रिया शर्मा र रचना चौधरीले एक एक विकेट लिनुभयो ।

जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा हुने ग्लोबल छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालले छनोटको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग खेल्ने छ ।

यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ । छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छ । छनोटका लागि नेपाली टोलीको घोषणा भईसकेको छ ।

१० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका रहेको छ । नेपालले दोस्रो खेल जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४मा जिम्बावे र अन्तिम खेल जनवरी २६मा स्कटल्यान्डसँग खेल्ने छ ।

छनोट खेलको शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् ।

  himalayanvoice.com | २५ पुष २०८२, शुक्रबार १२:११

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online