ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

काँग्रेस विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरले उद्घाटन समारोहमा विभिन्न ६ स्थानबाट र्‍यालीसहित नेता तथा कार्यकर्ता महाधिवेशन स्थल भृकुटीमण्डपमा पुग्ने जनाएको छ।

काँग्रेस विशेष महाधिवेशनका सन्दर्भमा गठन भएको जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभिन्न ६ स्थानमा भेला भएर नेता तथा कार्यकर्ता र्‍यालीसहित महाधिवेशन स्थल भृकुटीमण्डपमा पुग्ने जनाएको हो। सुन्धरा, रत्नपार्क, बागबजार, पद्मोदय मोड, कमलपोखरी र कुपण्डोलबाट र्‍याली आयोजना गरिने जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वर नरसिंह केसीले जानकारी दिए।

विशेष महाधिवेशनका लागि जनपरिचालनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए। उनले उद्घाटन सत्रमा पार्टीका सभापतिलगायतका नेताहरू उपस्थित हुने विश्वास व्यक्त गरे। केसीले विशेष महाधिवेशनका लागि गठन गरिएको अन्य समितिहरूले पनि आफ्नो तयारी अन्तिम चरणमा पुर्‍याएको बताए। काँग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेका हुन्।

  himalayanvoice.com | २५ पुष २०८२, शुक्रबार १२:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online