ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ ।  चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत पाटनले यही वैशाख २३ गते चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै आजदेखि चलचित्र प्रदर्शनमा आएको हो । 

षट्कोण आर्टस्ले निर्माण गरेको उक्त चलचित्रमा आमा र छोरीको कथा देखाइएको निर्देशक तथा लेखक यम थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले एउटा समयको आमा र छोरीको कथालाई लिएर चलचित्र तयार गरेका छौँ । आफ्ना सन्तानका लागि आमाले गर्ने सङ्घर्षमै चलचित्र केन्द्रित छ । एउटा परिवारले एकसाथ हेर्न मिल्ने चलचित्र तयार भएको छ ।”

चलचित्रमा कलाकार स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, वीरबल चौधरीलगायतले अभिनय गर्नुभएको छ ।

अभिनेत्री खड्काले आफूलाई वर्षौंसम्म अभिनेत्रीका रुपमा चिनाउने चलचित्र ‘लालीबजार’ बन्ने बताउनुभयो । “यो चलचित्रको भएको विशेष प्रदर्शनीमा हेर्ने सबैले दिनुभएको प्रतिक्रियाले उत्साहित छु । हामीले यसलाई बनाउँदा सबैलाई महसुस हुने आमा र छोरीको भावनामा आधारित रहेर तयार गरेका छौँ”, उहाँले भन्नुभयो ।

उक्त चलचित्रको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गर्नुभएको हो ।

  himalayanvoice.com | २५ बैशाख २०८३, शुक्रबार ०९:१०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online