ट्रेण्डिङ्ग:
|युएससीआईएसले असाधारण परिस्थितिमा मात्र ‘स्थितिको समायोजन’ प्रदान गर्ने|साहित्यकार शान्ति नीहारिकाको ‘पुथुला कविता संग्रह’ सार्वजनिक|एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने|भीमनारायण गोल्डकप : विर्तामोड युनाइटेड सेमिफाइनलमा|१० महिनामा वीरगञ्जबाट १ खर्ब ८१ अर्ब बढीको इन्धन आयात |सरकारद्वारा धानको न्यूनतम समर्थन मूल्य निर्धारण |हुलाक मार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार|‘होल्डिङ सेन्टरका प्रभावित जनतालाई पुनःस्थापना गर्नु राज्यको दायित्व’|क्रियाशील सदस्यता अद्यावधिक गर्न काँग्रेसले तोक्यो विशेष जिम्मेवारी|युएससीआईएसको ज्ञापनपत्र अनुसार ग्रिनकार्ड आवेदक स्वदेश फर्किनु पर्ने नियमले आप्रवासीलाई डरलाग्दो कानुनी पासोमा पार्दैछ

शान्ति लिम्बूद्वारा रचित ‘थेम्सको लहर’मा तमोरको स्पर्श कविता सङ्ग्रह विमोचित

ललितपुर। बेलायतमा बसोबास गर्दै आउनुभएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता सङ्ग्रह ‘थेम्सको लहरमा तमोरको स्पर्श’ विमोचन गरिएको छ । ओयाम सरोकार समाज, काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार एवम् लेखक खगेन्द्र सङ्ग्रौलालगायतले कृति विमोचन गर्नुभयो । 

त्यस अवसरमा सङ्ग्रौलाले उक्त कृतिमा देश छोड्नु पर्ने विवशता, प्रवासी जीवनका विषय, मानव जीवनको जरा, नारी चेतनाका बिषय समेटिएको बताउनुभयो । चलचित्र निर्देशक एवम् कवि नविन लिम्बुले उक्त कृतिमा याक्थुम चेतना, समग्रता, सम्पूर्णता, सहअस्तित्व रहेको उल्लेख गर्दै महिलावादको विषय पनि रहेको भनाइ राख्नुभयो ।

कवि बिमला तुम्खेवा विश्वव्यापी लेखकीय संरचनामा महिलाहरुको बिषयलाई प्रमुख बनाइने गरेको भन्दै सुन्दर समाज निर्माणका निम्ति सुधारका पक्षमा कविताले समस्या उजागर गरेको उल्लेख गर्नुभयो ।

कृतिको समीक्षा गर्ने क्रममा गुरुङ सुशान्तले उक्त कविता सङ्ग्रह स्मृति, भाषा संस्कृति र चेतनाको वैचारिक दस्तावेज भएको बताउनुभयो । नेपाली मानव सभ्यता र सांस्कृतिक अस्तित्वको सङ्कटलाई पुस्तकमा चित्रण गरिएको उहाँको भनाइ थियो ।

कवि शान्ति लिम्बूले निरन्तर अगाडि बढ्नु जीवनको एउटा पाटो भएको उल्लेख गर्दै मनमा आएका धेरै भावना र कुराहरूलाई समेटेर कविता कृति तयार पारेको बताउनुभयो । रत्नपुस्तक भण्डारले प्रकाशन गरेको उक्त कृतिमा स्त्री, प्रकृति, देश र परदेशका विषयवस्तु र भावलाई प्रस्तुत गरिएको छ ।

  himalayanvoice.com | २६ बैशाख २०८३, शनिबार २३:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online