ट्रेण्डिङ्ग:
|गभर्नर न्यूसमद्वारा ओरेन्ज काउन्टीमा आपतकालीन घोषणाको लागि राष्ट्रपति ट्रम्पलाई अनुरोध|संविधान संशोधन कार्यदलद्वारा शासकीय स्वरूप र निर्वाचन प्रणाली जस्ता विषयमा सुझाव सङ्कलन|कान्सको जुरी प्राइज अवार्डद्वारा सम्मानित ‘एलिफेन्ट इन द फग’ टोली स्वदेश फर्कियो|नेपाल अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश|परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड|हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षा, हिमपात, तराईमा तातो हावा|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह

ज्ञानमणि स्मृतिग्रन्थ लोकार्पण

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानमणि नेपालले नेपालको इतिहासलाई तथ्यपरक ढङ्गले उजागर गर्न योगदान पु¥याउनुभएको बताउनुभएको छ । 

वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले  इतिहासविद् ज्ञानमणि नेपाल एक निष्ठानवान् लेखक भएर इतिहासको अनुसन्धानात्मक पुस्तक लेखेर योगदान पु¥याएको बताउनुभएको हो । सो अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वन्यायाधीश कृष्णप्रसाद भण्डारीलगायतले ज्ञानमणि नेपालप्रति समर्पित ‘इतिहास पुरुषः ज्ञानमणि स्मृतिग्रन्थ’ को लोकार्पण गर्नुभयो ।

भण्डारीले यस पुस्तकले शिलापत्र, ताम्रपत्रलगायत ऐतिहासिक विविध तथ्यका आधारमा नेपालको इतिहासलाई प्रकाश पार्नुहुने लेखक नेपाललाई अमर बनाउने विचार व्यक्त गर्नुभयो । पूर्वन्यायाधीश कृष्णप्रसाद भण्डारीले स्मृति ग्रन्थले लेखक ज्ञानमणि नेपालको व्यक्तित्व र कृतित्वका बारेमा नयाँ पुस्तालाई समेत जानकारी दिने विश्वास व्यक्त गर्नुभयो ।

इतिहासविद् दिनेशराज पन्तले ज्ञानमणि नेपाललाई आफूले गुरु नै भन्ने गरेको उहाँसँगको स्मृति चर्चा गर्नुभयो ।

प्राडा हरिप्रसाद पराजुलीले ज्ञानमणि नेपालबारे लेख समेटिएको यस स्मृतिग्रन्थलाई तीन खण्डमा विभाजित गरी उहाँको योगदान र स्मृतिलाई छर्लङ्ङ पारिएको बताउनुभयो ।

भोजपुर टेम्केमयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले भन्नुभयो, “भोजपुरबाट निस्केका प्रतिभा देशको राष्ट्रपतिदेखि यस देशको प्रतिष्ठित ओहोदामा रहेर योगदान पु¥याउनुभएको बताउँदै जीवनस्तर उच्च हुँदै गएपछि गाउँ छाडेर जाने प्रवृत्तिका कारण गाउँ रित्तिरहेका छन्, जो जहाँ बसेपछि वर्षको कम्तीमा दुईदेखि चार पटक पुग्ने कोसिसका लागि गाउँपालिकाले पहल गरिरहेको छ ।” प्रतिष्ठानका सहसचिव सन्तोषमणि नेपालले सो पुस्तकमा १२० भन्दा बढी लेख/रचना समेटिएको बताउनुभयो ।

उहाँले साथै ३० वर्षदेखि ९९/९८ वर्षका ज्ञानमणि नेपालका शिष्य, सहपाठी, परिवारका सदस्यलगायत देशका लब्धप्रतिष्ठित व्यक्तित्वले उहाँबारे लेख्नुभएको यस पुस्तकमा समेट्न बाँकी अन्य लेखरचना र उहाँले आफ्नो जीवनकालमा दिनुभएको अन्तर्वार्ताको सँगालो पनि डिजिटल रूपमा पनि प्रकाशन गर्ने प्रतिष्ठानको योजना रहेको जानकारी दिनुभयो ।

प्रतिष्ठानका संरक्षक एकमणि नेपालले ज्ञानमणि नेपालको दोस्रो पुण्यतिथिको अवसरमा आयोजित यस कार्यक्रमले ज्ञानमणिका बारेमा विविध जानकारीलाई अभिलेखीकरण गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

  himalayanvoice.com | १ जेष्ठ २०८३, शुक्रबार २३:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online