ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

‘नेपाली चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ’

काठमाडौँ । अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको बताउनुभएको छ ।

सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल चलचित्र भवनमा चलचित्र हेरेपछि अभिनेता शाहले विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयले चलचित्रलाई आगामी कयौँ वर्षसम्म चर्चामा ल्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “चलचित्रका निर्माता, निर्देशक र कलाकारले हामीलाई वषौँसम्म सम्झिने सुन्दर कोसेलीका रुपमा चलचित्र ‘लालीबजार’ दिनुभएको छ । जुन विश्वासका साथ चलचित्र भवन छिरेको थिएँ, निस्किँदा त्योभन्दा बढी पाएँ । यसमा सबै कलाकारले जीवन्त अभिनय गर्नुभएको छ, हेर्नै पर्ने चलचित्र निर्माणमा संलग्न सबैलाई धन्यवाद दिन्छु ।”

उहाँसँगै अभिनेत्री प्रियङ्का कार्की, वर्षा राउत, अभिनेता आयुष्मान जोशी, गायक खेम सेन्चुरीलगायतले पनि चलचित्रको तारिफ गर्नुभयो ।

चलचित्रमा मुख्य भूमिका निर्वाह गर्नुभएकी अभिनेत्री स्वस्तिमा खड्काले दर्शक र कलाकर्मीबाट पाइरहेको प्रतिक्रियाले आफूसहित सम्पूर्ण निर्माण टिम उत्साहित रहेको बताउनुभयो ।

“चलचित्र प्रदर्शन भएदेखि नै हामीले दर्शकसँग भेटघाट गरिरहेका छौँ, चलचित्र बुझ्नुभएका कलाकर्मीदेखि मनोरञ्जनका लागि चलचित्र भवन पुग्ने दर्शकसम्म चलचित्र हेरेर खुसी हुनुहुन्छ, यही नै हाम्रो सफलता हो । पूर्वतर्फबाट दर्शक भेटघाट कार्यक्रममा सरिक हुँदै अहिले विर्तामोडमा छौँ, क्रमशः धरान, विराटनगर, इटहरी पनि पुग्ने छौँ”, अभिनेत्री खड्काले भन्नुभयो ।

उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रशंसा सुवेदी, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरवल चौधरीलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

  himalayanvoice.com | ५ जेष्ठ २०८३, मंगलवार २३:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online