ट्रेण्डिङ्ग:
|२४औँ गोर्खा कप सम्पन्न : यस बर्षको ट्रफी राङभाङ समाज यूकेले जित्यो|युएससीआईएसले असाधारण परिस्थितिमा मात्र अमेरिकाबाट ‘ग्रीनकार्ड आवेदन’ स्वीकार गर्ने|साहित्यकार शान्ति नीहारिकाको ‘पुथुला कविता संग्रह’ सार्वजनिक|एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने|भीमनारायण गोल्डकप : विर्तामोड युनाइटेड सेमिफाइनलमा|१० महिनामा वीरगञ्जबाट १ खर्ब ८१ अर्ब बढीको इन्धन आयात |सरकारद्वारा धानको न्यूनतम समर्थन मूल्य निर्धारण |हुलाक मार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार|‘होल्डिङ सेन्टरका प्रभावित जनतालाई पुनःस्थापना गर्नु राज्यको दायित्व’|क्रियाशील सदस्यता अद्यावधिक गर्न काँग्रेसले तोक्यो विशेष जिम्मेवारी

२४औँ गोर्खा कप सम्पन्न : यस बर्षको ट्रफी राङभाङ समाज यूकेले जित्यो

लन्डन । बेलायतको अल्डरसट सैन्य क्षेत्रमा अवस्थित क्वीन्स एभिन्यू खेलकुद मैदानमाआयोजित गोर्खा कपको २४औँ संस्करण आइतबार सम्पन्न भयो ।

तमुधिं यूकेले आयोजना गरेको २४औँ गोर्खा कप हेर्न हजारौ दर्शक क्वीन्स एभिन्यू मैदानमा उपस्थित भएका थिए। बिहान ९ बजेदेखि सुरु भएको प्रतियोगितामा यस पटक अघिल्लो वर्षभन्दा बढी टिमको सहभागिता थियो । मेन क्याटेगोरीमा ३८, भेट्रानमा १६ र महिलातर्फ २ गरी जम्मा ५६ टिम प्रतिस्पर्धामा उत्रिएका थिए।

मुख्य पुरुष क्याटेगोरीमा राङभाङ समाज यूके विजेता बन्न सफल भयो । फाइनलमा राङभाङ समाजले गुरुजी इलिट एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो । विजेता राङभाङ समाज यूकेले ३ हजार ५ सय पाउण्ड नगद, शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । रनरअप गुरुजी इलिट एफसीले २ हजार पाउण्ड, ट्रफी र प्रमाणपत्र पाएको छ ।

मेन क्याटेगोरीमा राङभाङ समाज यूकेका साम गुरुङ उत्कृष्ट म्यानेजर घोषित भए । नेप्जुम एफसीका एनियोला अलामो टप स्कोरर बने भने राङभाङ समाज यूकेका न्वाङ शेर्पा प्लेयर अफ द म्याच घोषित भए ।

भेट्रानतर्फ एफसी ०४ विजेता र प्लमस्टिड एफसी उपविजेता बन्यो । भेट्रान विजेतालाई १ हजार ८ सय पाउण्ड र उपविजेतालाई १ हजार २ सय पाउण्ड प्रदान गरियो । भेट्रानतर्फ एफसी ०४ का सोम थापा उत्कृष्ट म्यानेजर, सोही टिमका निशान्त गुरुङ टप स्कोरर र शेरजंग थापा प्लेयर अफ द म्याच घोषित भए।

महिलातर्फ तामाङ समाज एफसी विजेता र राउन्डबोल्ट एफसी रनरअप बन्यो । महिला विजेताले ६ सय पाउण्ड र रनरअपले ४ सय पाउण्ड पुरस्कार प्राप्त गरे । महिलातर्फ तामाङ समाज यूकेकी खेलाडी सुक लामु तामाङ प्लेयर अफ द म्याच घोषित भइन्।

विजेता खेलाडी तथा टोलीलाई प्रमुख अतिथि रसमोर बरो काउन्सिलका मेयर क्यालुम स्टेवार्ट, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, हिमालयन जेटका दीपेन्द्र गुरुङ, एनआरएनए केन्द्रीय अध्यक्ष डा. हेमराज शर्मा, नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहलगायतले पुरस्कार प्रदान गरेका थिए ।

फाइनल खेलअघि बोल्दै प्रमुख अतिथि रसमोर बरो काउन्सिलका मेयर क्यालुम स्टेवार्टले गोर्खा कप आयोजकलाई बधाई दिए । उनले यस्तो इभेन्टले स्थानीय व्यापार व्यवसाय प्रवर्द्धन गर्न र समुदायबिचको एकीकरण मजबुत बनाउन सहयोग पुर्‍याउने बताए।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कपलाई भव्य बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले यो इभेन्ट बेलायतस्थित नेपाली समुदायकै साझा कार्यक्रम बनेको उल्लेख गर्दै सबैको साथ र अपनत्वबिना यति ठुलो कार्यक्रम सम्भव नहुने बताए ।

कार्यक्रम संयोजक एवं स्पोट्र्स सेक्रेटरी क्याप्टेन दीपक घलेले स्वागत मन्तव्य व्यक्त गर्दै सहयोगी, स्वयंसेवक, खेलाडी, प्रायोजक र दर्शकहरूप्रति कृतज्ञता व्यक्त गरे ।

औपचारिक कार्यक्रम सञ्चालन महासचिव डा. विशाल गुरुङले गरेका थिए भने पुरस्कार वितरण कार्यक्रम सचिव विमल गुरुङले सञ्चालन गरेका थिए ।

कार्यक्रममा तमुधिं यूकेले रसमोर बरो काउन्सिलका लागि मेयरलाई ५ सय पाउण्ड, गोर्खा वेलफेयर ट्रष्टका कर्णेल बीजीलाई ५ सय पाउण्ड, स्कटिस राष्ट्रिय अण्डर–१५ फुटबल खेलाडी मेलिसा रेग्मी र लेजेन्ड अफ गोर्खा कप विजेता डेनिस महर्जनलाई नगदसहित सम्मान गरेको थियो।

औपचारिक कार्यक्रममा नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह, अल्डरसट ग्यारिसनका कमाण्डर लेफ्टिनेन्ट कर्णेल म्याकफर्सन, ब्रिगेड अफ गोर्खाजका कर्णेल रोबिन्सन, स्कटिस राष्ट्रिय अण्डर–१५ फुटबल खेलाडी मेलिसा रेग्मी, हिमालयन जेटका निर्देशक दीपेन्द्र गुरुङलगायतको उपस्थिति थियो ।

प्रथम पुरस्कार हिमालयन जेटले प्रायोजन गरेको थियो । अन्य प्रायोजकहरूमा मःम किङ स्वीन्डन, मःम स्टेशन अल्डरसट, पोखरा रेस्टुरेन्ट लन्डन, आइएमई लन्डन, सोल्टिज किचेन बुलफोर्ड, ह्याम्पसायर अकाउन्टिङ, नेपब्रीज, ट्रु एक्स, लेफ्टिनेन्ट कर्णेल बिल वीथर्स र पेपरवर्क सोलुसन थिए । सचिव विमल गुरुङले प्रायोजकहरूको नामावली प्रस्तुत गर्दै धन्यवाद व्यक्त गरेका थिए।

कार्यक्रममा सयपत्री कल्चरल ग्रुपका बालबालिकाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । फुटबलसँगै नेपाली खाना, पोशाक, नृत्य, संगीत र सामुदायिक भेटघाटले गोर्खा कपलाई बेलायतमा नेपालीपन झल्काउने ठुलो पर्वका रूपमा स्थापित गरेको छ ।

  himalayanvoice.com | ११ जेष्ठ २०८३, सोमबार ११:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online