काठमाडौँ। चर्चित बेलायती सेफ सन्तोष शाहलाई चेक बाउन्सको आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर शाहलाई हिजो राति महोत्तरीबाट हिरासतमा लिइएको थियो। शाहलाई आज बिहान राजधानी ल्याइएको कार्यालयका प्रहरी निरीक्षक शरतकुमार थापा क्षेत्रीले पुष्टि गरे।
काठमाडौँको गैरीधारामा रेस्टुरेन्ट खरिदको सम्बन्धमा चेक अनादर गरेको आरोप उनीमाथि लागेको बताइएको छ।

