राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति १ सय ५१ सदस्सीय बनाउने गरि विधान संशोधन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार १५१ सदस्यीय बनाउने निर्णय गरेको छ ।

पार्टी सचिवालय बैठकको निर्णय आज सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार १५१ सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरेको जानकारी दिनुभयो ।

सचिवालय बैठकले महाधिवेशनअघि आवश्यकताभन्दा बढी प्रचारप्रसार भएको पाइएकाले संयमित हुन र पार्टीको निर्वाचन आचारसंहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन दिएको छ । 

यस्तै बैठकमा सातै प्रदेशको अधिवेशनको समीक्षा गरिएको महामन्त्री बुर्लाकोटीले बताउनुभयो ।

रास्वपाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरेको जानकारी दिनुहुँदै महामन्त्री बुर्लाकोटीले महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो ।

यही असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×