ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

एन्फा फिफाको ‘कन्ट्रोल फन्डिङ’बाट मुक्त

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा माथि विश्व फुटबल महासङ्घ (फिफा) ले लगाएको ‘कन्ट्रोल फन्डिङ’ हटाएको छ ।

फिफाले उपलब्ध गराउने आर्थिक सहयोगमा अपारदर्शिता र भ्रष्टचारको आशङ्का गर्दै एन्फालाई फिफाले सन २०२१ मार्च १५ तारिख देखि ‘कन्ट्रोल फन्डिङ’ प्रणाली लागु गरेको थियो ।

फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिने गर्दथ्यो । एन्फाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै फिफाले ‘कन्ट्रोल फन्डिङ’ हटाएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको आर्थिक बन्देज हटाएको छ । अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यरत एन्फा कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको व्यहोराको पत्र पठाएको छ ।’’

फिफाले  ‘कन्ट्रोल फन्डिङ’ हटाएसँगै एन्फाले अब स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्नेछ । फिफाले यसअघि सन् २०२४ को अक्टोबर २९ तारिख एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ दी इयर (गोल्ड) अवार्ड २०२४ बाट पनि सम्मान गरेको थियो ।

एन्फाको विज्ञप्तीमा ‘विभिन्न पूर्वाग्रही र स्वार्थ समूहले फुटबल विकासमा अवरोध गर्न खोजे पनि अन्तिममा सत्यताले विजय भएको उल्लेख छ ।

  himalayanvoice.com | २८ असार २०८२, शनिबार १०:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online