ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एन्फा फिफाको ‘कन्ट्रोल फन्डिङ’बाट मुक्त

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा माथि विश्व फुटबल महासङ्घ (फिफा) ले लगाएको ‘कन्ट्रोल फन्डिङ’ हटाएको छ ।

फिफाले उपलब्ध गराउने आर्थिक सहयोगमा अपारदर्शिता र भ्रष्टचारको आशङ्का गर्दै एन्फालाई फिफाले सन २०२१ मार्च १५ तारिख देखि ‘कन्ट्रोल फन्डिङ’ प्रणाली लागु गरेको थियो ।

फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिने गर्दथ्यो । एन्फाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै फिफाले ‘कन्ट्रोल फन्डिङ’ हटाएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको आर्थिक बन्देज हटाएको छ । अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यरत एन्फा कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको व्यहोराको पत्र पठाएको छ ।’’

फिफाले  ‘कन्ट्रोल फन्डिङ’ हटाएसँगै एन्फाले अब स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्नेछ । फिफाले यसअघि सन् २०२४ को अक्टोबर २९ तारिख एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ दी इयर (गोल्ड) अवार्ड २०२४ बाट पनि सम्मान गरेको थियो ।

एन्फाको विज्ञप्तीमा ‘विभिन्न पूर्वाग्रही र स्वार्थ समूहले फुटबल विकासमा अवरोध गर्न खोजे पनि अन्तिममा सत्यताले विजय भएको उल्लेख छ ।

  himalayanvoice.com | २८ असार २०८२, शनिबार १०:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online