ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

एनआरएनए फ्रान्सको अध्यक्षमा मिन बहादुर श्रेष्ठ सर्वसम्मत निर्वाचित

पेरिस । गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको एघारौं महाधिवेशनबाट मिन बहादुर श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।

केन्द्रीय प्रतिनिधि परशुना कंडेलका अनुसार आइतवार सम्पन्न महाधिवेशनमा सबै पदमा निर्विरोध निर्वाचन भएको हो।

महाधिवेशनबाट ११ सदस्यीय कार्यसमिति र १ जना आईसीसी सदस्य सर्वसम्मतिले निर्वाचित भएका छन्।

कार्यसमितिको उपाध्यक्षमा लाल बहादुर सोडारी चन्द, महिला उपाध्यक्षमा निर्मला शाही, महासचिवमा राजु बस्नेत खप्तडी, र कोषाध्यक्षमा निरज सोडारी चन्द चयन भएका छन्।

महिला प्रतिनिधिमा यामकला पौडेल र युवा प्रतिनिधिमा मान बहादुर बिक चयन भएका छन्। सदस्यहरूमा सन्दिपा गुरुङ, रम्बा तामांग, प्रकाश तामांग र कृष्ण महर्जन छन्।

आईसीसी सदस्यमा लोक बहादुर पुन निर्वाचित भएका छन्।

  himalayanvoice.com | ३० असार २०८२, सोमबार ००:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online