ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एमाले सचिवालय बैठक जारी, विद्या भण्डारीको विषय प्रवेश

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी रहेको छ । एमालेको प्रचार विभागलेले दिएको जानकारी अनुसार समसामयिक विषयमा छलफल भइरहेको जानकारी दिएका छन् । आजको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले समेत औपचारिक रुपले प्रवेश पाएको छ ।

पार्टी स्रोतका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यो विषयमा आवश्यक छलफल हुने बताएका हुन् ।

एमाले राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीलाई आवश्यक जिम्मेवारी दिने विषयमा पनि आज छलफल भएको थियो ।

एमालेको साउन २ गते पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने समय तय भएको छ । विधान महाधिवेशनको तयारीका लागि बस्न लागेको बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बसेको हो ।

  himalayanvoice.com | २ श्रावण २०८२, बिहीबार १०:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online