ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

श्रीलङ्कामाथि नेपालको फराकिलो जित

काठमाडौँ । बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलङ्कामाथि अर्को फराकिलो जित निकालेको छ ।

ढाकामा बिहीबार भएको खेलमा नेपालले श्रीलङ्कालाई फेरि ७–० गोलले हरायो । एक पक्षीय खेलमा नेपाललाई जिताउन कुसुम खतिवडा र समीक्षा मगरले दुई दुई गोल गर्नुभयो । पूर्णिमा राई, सरिता नाथ र कप्तान विर्सना चौधरीले एक एक गोल गर्नुभयो ।

यसअघिको खेलमा पनि नेपालले श्रीलङ्कालाई ७–० गोलले नै हराएको थियो । चार टोली सहभागी च्याम्पियनसिपमा चार खेलपछि तीन जित निकालेको नेपालले नौ अङ्क बनाएको छ ।

नेपाल गोल अन्तरका आधारमा हाल शीर्षस्थानमा छ । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराएको थियो । नेपाल दोस्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।

च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

  himalayanvoice.com | २ श्रावण २०८२, बिहीबार १०:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online