ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

श्रीलङ्कामाथि नेपालको फराकिलो जित

काठमाडौँ । बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलङ्कामाथि अर्को फराकिलो जित निकालेको छ ।

ढाकामा बिहीबार भएको खेलमा नेपालले श्रीलङ्कालाई फेरि ७–० गोलले हरायो । एक पक्षीय खेलमा नेपाललाई जिताउन कुसुम खतिवडा र समीक्षा मगरले दुई दुई गोल गर्नुभयो । पूर्णिमा राई, सरिता नाथ र कप्तान विर्सना चौधरीले एक एक गोल गर्नुभयो ।

यसअघिको खेलमा पनि नेपालले श्रीलङ्कालाई ७–० गोलले नै हराएको थियो । चार टोली सहभागी च्याम्पियनसिपमा चार खेलपछि तीन जित निकालेको नेपालले नौ अङ्क बनाएको छ ।

नेपाल गोल अन्तरका आधारमा हाल शीर्षस्थानमा छ । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराएको थियो । नेपाल दोस्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।

च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

  himalayanvoice.com | २ श्रावण २०८२, बिहीबार १०:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online