भारतमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने २० क्रिकेट खेलाडीको नाम घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने २० क्रिकेट खेलाडीको नाम घोषणा गरेको छ।  आइसिसी टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि शुक्रबार क्यानले खेलाडीको नाम सार्वजनिक गरेको हो।

क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण भारतको बैंगलोरुमा सहभागी हुने खेलाडी छनोट गरेको हो। दोस्रो चरणको बन्द प्रशिक्षणमा पहिलो चरणको बन्द प्रशिक्षणमा परेका १२ खेलाडी बाहिरिएका छन्।

क्यानले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सहयोगमा बैंगलोरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्न लागेको हो। यो प्रशिक्षण साउन ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ।

भारतमा प्रशिक्षणमा सहभागी हुने खेलाडी

रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, अनिलकुमार साह,  भीम सार्की, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द, शुभ कंसाकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×