ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

वामदेव गौतम नेकपा एसमा समाहित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । 

काठमाडौंमा शुक्रबार नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियान एकता घोषणा सभा आयोजना गरी सो एकता घोषणा गरिएको हो ।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अब समाजवाद निर्माणको चरणमा प्रवेश गर्नुपर्ने बताउनुभएको छ ।

गौतमले भन्नुभयो, “जब २०७५ सालमा हामीले पार्टी एकता गरेर नेकपा निर्माण ग¥यौं । म यति खुसी भएँ । मैले जुन सङ्कल्प लिएको थिएँ त्यो सङ्कल्प बमोजिम दुइटै प्राप्त भए । हामी समाजवाद निर्माणको चरणमा प्रवेश गर्नुपर्दछ । मेरो जीवनमा समाजवाद देख्न पाए र मैले नै निर्माण गरेर समाजवादी पद्दतिमा सामेल हुन पाएँ भने साँच्चिकै यो जीवन पूर्णरुपमा सफल भएको ठान्नेछु ।”

उहाँले आफू एक्लै नआएको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म एक्लै आएको छैन आज । एक्लै आउँदा कहिल्यै पनि सफल भइनँ । चार वर्ष लाग्यो । म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु । एउटा प्रदेश कमिटीको पनि समर्थन बोकेर आएको छु । उपत्यकामा पनि एउटा कमिटी छ, त्यसको पनि नौ वटा जिल्ला कमिटी छन् । यी सबैको समर्थन बोकेर आएको छु ।”

  himalayanvoice.com | ३ श्रावण २०८२, शुक्रबार १०:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online