ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

भारतमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने २० क्रिकेट खेलाडीको नाम घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने २० क्रिकेट खेलाडीको नाम घोषणा गरेको छ।  आइसिसी टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि शुक्रबार क्यानले खेलाडीको नाम सार्वजनिक गरेको हो।

क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण भारतको बैंगलोरुमा सहभागी हुने खेलाडी छनोट गरेको हो। दोस्रो चरणको बन्द प्रशिक्षणमा पहिलो चरणको बन्द प्रशिक्षणमा परेका १२ खेलाडी बाहिरिएका छन्।

क्यानले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सहयोगमा बैंगलोरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्न लागेको हो। यो प्रशिक्षण साउन ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ।

भारतमा प्रशिक्षणमा सहभागी हुने खेलाडी

रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, अनिलकुमार साह,  भीम सार्की, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द, शुभ कंसाकार

  himalayanvoice.com | ३ श्रावण २०८२, शुक्रबार १०:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online