ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सुक्खा मधेश : वीरगन्जमा खानेपानीको चरम अभाव

पर्सा । मधेश प्रदेश अहिले खडेरीको चपेटामा परेको छ। धान रोप्ने समयमा वर्षा नभएपछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खाने पानीको चरम अभाव देखिएको छ।

अहिले विशेष गरी वीरगन्ज महानगरपालिकाको ३२ वटै वडामा खाने पानीको चरम अभाव देखिएको छ। नगरको १९ नम्बर वडाको विन्ध्यवासिनी टोल, २४ वडाको रामगडुवा नयाँबस्तीमा खानेपानीको चरम अभाव देखिएको छ।

सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गर्दै आएका छन्।

नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरको २८ बाहिनी अन्तर्गत श्री श्रीजङ्ग गणले दैनिक तीन चरणमा ६ वटा दमकलमार्फत् पानी वितरण गर्दै आएको छ। हरेक दिन सेनाले ९० हजार लिटर पानी वितरण गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले जानकारी दिनुभयो।

मधेशमा खडेरीको मार परेपछि सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।

  himalayanvoice.com | १२ श्रावण २०८२, आईतवार १२:१९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online