ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

सुक्खा मधेश : वीरगन्जमा खानेपानीको चरम अभाव

पर्सा । मधेश प्रदेश अहिले खडेरीको चपेटामा परेको छ। धान रोप्ने समयमा वर्षा नभएपछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खाने पानीको चरम अभाव देखिएको छ।

अहिले विशेष गरी वीरगन्ज महानगरपालिकाको ३२ वटै वडामा खाने पानीको चरम अभाव देखिएको छ। नगरको १९ नम्बर वडाको विन्ध्यवासिनी टोल, २४ वडाको रामगडुवा नयाँबस्तीमा खानेपानीको चरम अभाव देखिएको छ।

सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गर्दै आएका छन्।

नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरको २८ बाहिनी अन्तर्गत श्री श्रीजङ्ग गणले दैनिक तीन चरणमा ६ वटा दमकलमार्फत् पानी वितरण गर्दै आएको छ। हरेक दिन सेनाले ९० हजार लिटर पानी वितरण गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले जानकारी दिनुभयो।

मधेशमा खडेरीको मार परेपछि सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।

  himalayanvoice.com | १२ श्रावण २०८२, आईतवार १२:१९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online