ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

ब्रिटिस गोर्खाको वंशज नागरिकता कायम राख्न माग

काठमाडौँ । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक–२०८१ मा ब्रिटिस गोर्खा र निजका सन्तानलाई नेपाली वंशजको नागरिकता कायम राख्नुपर्ने संशोधन प्रस्ताव गरिएको छ । राष्ट्रिय सभामा सो विधेयक विचाराधीन अवस्थामा छ ।

प्रतिनिधि सभाबाट गत असार १४ गते पारित भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक–२०८१ राष्ट्रिय सभामा सैद्धान्तिक छलफलपछि गत मङ्गलबार दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार सो विधेयकमाथि १० वटा समूहमा ३५ वटा दफामा संशोधन प्रस्ताव गरिएको छ ।

नेकपा (एकीकृत समाजवादी) का मदनकुमारी शाह (गरिमा), जयन्तीदेवी राई, गोमा तिमिल्सिना र राजेन्द्रलक्ष्मी गैरेले प्रस्ताव गर्नुभएको संशोधनमा ‘नेपाली वंशजको नागरिकता प्राप्त गरेका ब्रिटिस गोर्खाका हकमा बेलायती सेनामा काम गरेबापत सम्मानार्थ ब्रिटिस आवासीय भिसा वा अङ्गीकृत नागरिकता प्राप्त गरे पनि निज र निजका सन्तानले प्राप्त गरेको नेपाली वंशजको नागरिकता निरन्तर कायम रहने’ उल्लेख छ ।

नेकपा (माओवादी केन्द्र) का झक्कुप्रसाद सुवेदी, राधेश्याम पासवानसहित राष्ट्रिय सभाका १२ जना सदस्यले समेत सोही बेहोराको संशोधन माग गर्नुभएको छ । गृह मन्त्रालयले संशोधनका लागि ल्याएको प्रस्तावमा भन्ने ब्रिटिस गोर्खा र निजका सन्तानबारे उल्लेख छैन । प्रतिनिधि सभाले विधेयक पारित गर्दासमेत सो व्यवस्था राखेको छैन ।

मदनकुमारी शाह र झक्कुप्रसाद सुवेदीसहितका राष्ट्रिय सभाका सदस्यले राख्नुभएको संशोधनमा ब्रिटिस गोर्खाका सन्तान जुनसुकै देशमा जन्मेको भए पनि वा जुनसुकै देशको नागरिकता प्राप्त गरे पनि नेपालको वंशजको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था राख्न प्रस्ताव गरिएको छ ।

मूल विधेयकको दफा २ को उपदफा दफा ४ को (ग) अन्तर्गत ‘ब्रिटिस गोर्खाको सन्तान बेलायतलगायत अन्य देशमा जन्मी बेलायत वा अन्य देशको नागरिकता प्राप्त गरे पनि निजले नेपाली वंशजको नागरिकता प्राप्त गर्न चाहेमा कुनै बाधा पुगेको मानिने छैन’ थप्न प्रस्ताव गरिएको छ । सरकारले प्रस्ताव गरेको संशोधनको केही बुँदा अतिरिक्त राष्ट्रिय सभाका सदस्यले सो विषयमा अलग्गै उपदफा थप्न प्रस्ताव गर्नुभएको हो । प्रतिनिधि सभामा सो विधेयक २०८१ माघ १५ गते दर्ता भएको हो । सभाले चैत १८ गते राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका लागि पठाएकोमा समितिले असार ५ गते प्रतिवेदन पेस गर्‍यो ।

  himalayanvoice.com | १२ श्रावण २०८२, आईतवार १२:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online