ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

एनआरएनए बेल्जियमको अध्यक्षमा एमाले निकट बद्रि केसी समुहबाट लोकेन्द्र नेपाल चयन

लुभेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेकपा एमाले निकट बद्रि केसी गुटको बेल्जियम अध्यक्षमा लोकेन्द्र नेपाल अध्यक्ष चयन भएका छन्।

आइतबार लुभेनमा सम्पन्न भेलाले आगामी दुई वर्षे कार्यकालका लागि लोकेन्द्र नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

संघका महिला उपाध्यक्षमा ईश्वरा शर्मा र दुई उपाध्यक्षमा रामबहादुर पुन र इन्द्रकमल राजभाट निर्विरोध निर्वाचित भए । महासचिवमा दीपक राउत, महिला सचिवमा रश्मी निरौला र सचिवमा दीर्घबहादुर मल्ल पनि निर्विरोध चयन भए।

कोषाध्यक्षमा सुरज खरेल र सह–कोषाध्यक्षमा विनोद शाही, युवा संयोजकमा बिनेश थापा तथा महिला संयोजकमा सरिता पौडेल धमला चयन भए।

त्यस्तै, क्षेत्रीय संयोजकहरूमा लुभेनका लागि रोजन भट्टराई, गेन्टका लागि सुमन कोइराला, आन्ट्रोपका लागि अशोका केसी, ब्रसेल्सका लागि शैलजा शर्मा सापकोटा, ब्रुगेका लागि जीवन शर्मा र भेष्टण्डेका लागि कैलाश डाँगी चयन भएका छन्।

सदस्यहरूमा ध्रुव सिम्खडा, तुमलाल रञ्जन सिम्खडा, टीका चापागाईं, रमेश पौडेल, चाँदनी खड्का, आशिष गुरुङ र अनिता आचार्य चयन भएका हुन्।

यसैगरी, संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा किशन केसी चयन भएका छन्।

  himalayanvoice.com | १२ श्रावण २०८२, आईतवार १७:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online