ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सुक्खा एवं खडेरीबाट आक्रान्त मधेशका किसान ट्युबवेलका लागि आवेदन बुझाउदै

धनुषा । कृषि ज्ञान केन्द्र धनुषामा स्यालो ट्युबवेलका लागि आवेदन दिने किसानको भीड लागेको छ । कृषि ज्ञान केन्द्रले स्यालो ट्युबवेल जडानका लागि आवेदन माग गरेपछि निवेदन बुझाउने किसानको भीड लागेको हो ।

केन्द्रका कृषि प्राविधिक गणेश अधिकारीले सुक्खा एवं खडेरीबाट तत्काल राहतका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत स्यालो ट्युबवेल जडानका लागि आवेदन मागरिएको बताउनुभयो । उहाँले शुक्रबारसम्म ११ सयभन्दा बढी आवेदन प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार निवदेन बुझाउने समय आइतबारसम्म रहेकाले यो संख्या अझै बढ्छ ।

प्राविधिक अधिकारीले कार्यालयले उपलब्ध गराउने स्यालो ट्युबवेलभन्दा बढी सङ्ख्यामा निवदेन प्राप्त भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यालसँग दुई सयको हाराहारीमा स्यालो ट्युबवेल जडान गर्ने बजेट छ । तर निवदेन त्यसको दोब्बर प्राप्त भएको छ ।’

उहाँले प्राप्त निवेदनको छानबिन गरी मापदण्ड पुगेका किसानको खेतबारीमा स्यालो ट्युबवेल जडान प्रक्रिया अगाडि बढाउने बताउँदै यस वर्ष प्रर्याप्त वर्षा नभएकाले सिँचाइको विकल्प स्यालो ट्युबवेलतर्फ आकर्षण बढेको बताउनुभयो ।

आवेदन दिन आएका किसान रामचन्द्र महतोले लामो समयदेखि वर्षा नभएकाले धान रोपाइँ रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस वर्ष समयमा पानी परेन । खेत सबै सुक्खा छ । यसैगरीे सबैला नगरपालिकाका अर्का किसान श्यामबाबु यादवले सिँचाइको सुविधा नहुँदा धान खेती गर्न समस्या भएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र धनुषाले साउन १२ गते सूचना प्रकाशित गरेर सात दिनभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न आह्वान गरेको थियो । आवेदन पेस गर्नका लागि किसान १० रुपियाँको हुलाक टिकट टाँस भएको आवेदन फारम, नागरिकताको प्रतिलिपि, स्थानीय तहको सिफारिस, जग्गाधनी पुर्जाको प्रतिलिपि र जडान गर्ने कित्ताको प्रमाणित नक्सालगायतका कागजातहरू माग गरेको छ ।

  himalayanvoice.com | १७ श्रावण २०८२, शुक्रबार १०:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online