राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शनिबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गर्नुभएको हो।

भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×